माङसेबुङ इक्ला गायन प्रतियाेगिताकाे प्रतिभा खाेज्न अडिसन शुरू

,   लिम्बुवान न्युज
                       

दमक, १४ पाैष । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदैछ ।

गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट डिजिटल अडिसन सुरु भएको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुक प्रतिभाहरुका लागि गत पुस १ बाट सुरु गरिएको डिजिटल अडिसन पुस २५ गतेसम्म हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी दिएका छन् ।

शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला गायन प्रतियोगिताको विषयमा जानकारी दिएका हुन् ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पान्जुम्भोका निवर्तमान अध्यक्ष तथा किरात इङसेका सम्पादक ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह-सचिव आङबुहाङ अबोध अविरलको उपस्थित रहेको थियो ।

यसैगरी सञ्चारकर्मीहरुमा माङसेबुङ न्युज डट कमका सह सम्पादक आन्छुमे नसान, किरात आवाजका कार्यकारी सम्पादक योगेश लाओती, साक्थिम्गेन पान्जुम्भोका सचिव दिलिप माखिम, सह सचिव लाबुनहाङ केरुङ, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, गुरु निजी आश्रम अर्थ समितिका सचिव मिलन लाओती र सह–सचिव अनिल थोप्रा लगायतको उपस्थिति रहेको थियो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;