उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

 लिम्बुवान न्युज
                       


दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो ।

नवगठित प्रदेश समितिको प्रवक्तामा केदार धिमाललाई जिम्मेवारी दिइएको छ । समितिमा प्रदेश १ का १४ वटै जिल्लाहरुबाट प्रतिनिधित्व भएको नयनियुक्त प्रवक्ता धिमालले लिम्बुवान खबरलाई बताएका छन् ।

समितिको सदस्यहरुमा डिल्ली लिङ्दम, भोजकुमार लावती, भगिश्वर लिम्बू, तुलराम तामाङ, नन्द याम्फू, राजकुमार पापो, जीवन राई, रेखबहादुर तामाङ, गंगा राई सेर्मा, शर्मिला आङदेम्बे, कोपिला लावती, बुद्धिमान खोयाहाङ, गंगा दुलाल, सुष्मा राई, कुमार साम्यू, प्रमेश थापा मगर, सिके बेघा, ई. सन्तोष तामाङ, प्रबिण तामाङ, जकेन्द्र लावती, रोशन लावती, हेमराज माङ्मु, राजभक्त योङया मिधुङ, कबिहाङ सेलिङ, मौसम कुरुङ्वाङ, कृतिमान मादेन, भरत गुरुङ, सरोज कङलिबा, डम्बर लावुङ लगायत रहेका छन् ।

यसरी नै प्रदेश सल्लाहकार समितिमा सकुन्तला सुब्बा, भरत श्रेष्ठ, बाङगाई धिमाल, गणेश चेम्जोङ, टिएन सम्बाहाम्फे, खबिन थेवे, गङ्गा साउदेन, लोकबहादुर सिङघक, मोति पालुङ्वा, यलम्बर अगुवा र कालिबहादुर खेवाङ रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अमित थेवेको अध्यक्षतामा धरान उपमहानगर तदर्थ समिति पनि विस्तार गरिएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु ई. तेजनारायण यादव, ई. महेन्द्र थापा, रिमा विश्वकर्मा, डकेन्द्रसिह थेगिम, सरु सिङ्घक र डम्बर लावती (जेन्टल) साथै पहिचानवादी नेताहरु ज्ञान बहादुर गुरुङ, खगेन्द्र माखिम, अमर इजम लगायतका शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...