भुपु र प्रतिनाको अभिनयमा ‘धानको बाला’  भिडियो सहित

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ पुस । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ।

गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन्। गीतको रेकर्डिङ मुन्धुम  स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बु सँगै  प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन्।

‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतप्रेमी दर्शक तथा श्रोतालाई यो गीतले फरक अनुभूति दिने अपेक्षा गरिएको छ।

भिडियो लिंक:

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;