खसान राष्ट्रिय सघर्ष समिति उपत्याकाद्वारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन थाल्ने चेतावनी

 लिम्बुवान न्युज
                       

काठमाडाैं। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै, तिहार, छैट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि खसान अध्यक्ष प्रेमबहादुर खातीले एकात्मक ब्राह्मणवादी राज्यसत्ताको विरुद्ध मङ्सिरबाट निर्णायक आन्दोलन सुरु गर्ने चेतावनी सरकारलाइ दिएका छन् ।

“खस समुदायलाई आदिवासीमा सुचिकृत गर्न, खस र आर्यको क्लस्टर अलग गर्नु पर्ने साथै खसान प्रान्तको स्थापना नभइन्जेल अब ६० लाख खस क्षेत्रीले यो एकात्मक ब्राह्मणवादी राज्यसत्ताको विरुद्धमा निर्णयक आन्दोलन यहि मङ्सिर पहिलाे हप्ताबाट सुरु गर्ने छ ।” मन्तव्य राख्नेक्रममा अध्यक्ष खातीले बताएका हुन् ।

उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, माननीय पूर्व सभासद आर के खम्बू, संघीय शेर्पा मन्चका टेम्डी शेर्पा, संघीय तामाङ्सालिङ मन्चका मिङमार लामा, संघीय दलित शिल्पी मन्चका शर्मिला बागचन्द लगायतका नेताहरुले उक्त शुभकामना अादनप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रम खसान राष्ट्रिय संघर्ष समिति उपत्याका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको थियाे भने संचालन समितिका उपाध्यक्ष रघुविर संह ठगुन्नाले गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...