पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित)

 लिम्बुवान न्युज
                       

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक इन्द्रसुशिल चोङबाङ लिम्बूको आवाजमा सजिएको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक गीतकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द तथा लय संकलन रहेको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन खापुङको निर्देशन रहेको लिम्बू संस्कृतिमा आधारित पाःलाम सम्लोको भिडियोमा चुनु तुम्बाहाङफे र सेर कुमार तिलिङ चोङबाङको साथमा दिब्य आङ्ला लिम्बू, कला आङ्ला लिम्बू, हाङ्मा आङ्ला लिम्बू, कृष्ण आङ्ला लिम्बू, मनिसा आङ्ला लिम्बू, गङ्गा आङ्ला लिम्बू, रोहित आङ्ला लिम्बू, दिपेस आङ्ला लिम्बू, खड्क आङ्ला लिम्बू, प्रबिण आङ्ला लिम्बू र निरबिक्रम आङ्ला लिम्बूले अभिनय गरेका छन् ।

ओख्रे सक्रिय केलाङ समूह छथर जोरपाटी गाउपालिका तेलिया ओख्रे धनकुटाको केलाङ प्रस्तुति रहेको भिडियोको छायाँकन तथा सम्पादन सेरकुमार साम्पाङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...