आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )

 लिम्बुवान न्युज
                       

दमक। सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख”  बोलको गीतको म्युजिक भिडियो वजारमा ल्याएका हुन् ।

चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलमार्फत हिजो एक कार्यक्रमका बीच भिडीयोको सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नातीले बाजेको अतिततिर लैजान्छ । नातीले बाजेलाई तपाईको उमेरमा तपाई कस्तो हुनुहुन्थ्यो ? बोजुसंग कस्तो प्रेम थियो ? भन्ने जिज्ञासालाई कलाकार बनेका राज फागोले कल्पनामा अभिनय मार्फत उतारेका छन् ।

सो भिडियोमा समाजमा रहेको जातिय विभेद र अन्तरजातिय प्रेमका दृश्य हरुलाई भिडियो मार्फत देखाउन खोजिएको छ । उक्त म्युजिक भिडियोमा कलाकारहरु “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको भिडियोको छायाँङकन भने सञ्जय विश्वकर्माले गरेका हुन् ।

नवराज घिमिरे निर्माता रहेको म्युजिक भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक आङथुपोले तयार पारेका हुन भने, निर्देशन पनि आङथुपोले नै गरेका छन् ।
चुलाचुली मिडियाको प्रस्तुती रहेको म्युजिक भिडियोमा मेकअप तारा योङहाङ, लाइटमा शिखर लाम्गादे, मनकुमार योङहाङ रहेको भिडियो चुलाचुली गाउँपालिकाको आसपासमा छायाँङकन गरिएको छ ।

(भिडियाे तल हेर्नुहोस्)

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;