सानुसा लाओतीलाई उपचार सहयोग रकम हस्तान्तरण

 लिम्बुवान न्युज
                       

दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ ।

सयङका अध्यक्ष रत्न लाओती र चुलाचुली १ नं. वार्डका वडाध्यक्ष पूर्ण लाओतीद्वयले सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम चुलाचुलीका लाओतीबन्धुहरुबाट संकलन गरिएको वडाध्यक्ष पूर्ण लाओती (ध्रुब)ले बताए । पाँचथरको मिक्लाजुङ् ५ देखि अध्ययनको क्रममा झापा दमकमा बस्दै आएकी विद्यार्थी सानुसा लाओती अचानक करिब ६ महिना अगाडि देखि विरामी भई मुटु र दुवै मृगौलामा खराब देखिएपछि हाल विराटनरको नोवल अस्पतालमा उपचाररत छिन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार विभिन्न संचार माध्यमहरुबाट प्रकाशन प्रचारण भएपछि वहाँको उपचारमा हालसम्म करिब १४ लाख रकम जुटाईएको सहजकर्ता गगन लाओतीले बताए । निरन्तर अस्पतालको निगरानीमा औषधी खाईरहेकी विरामीको स्वास्थ्य सुधारन्मोख भईरहेको लाओतीले बताएका छन् । कोरोनाका कारण थप उपचारको निमित्त राम्रो अस्पतालमा जान ढिलाई भएतापनि आर्थिक सहयोग जुट्ने क्रम भईरहेको हुँदा दशैं पछि चाडैं ठूलो अस्पतालमा लगि उपचार गरिने लाओतीले बताएका छन् ।

त्यसैगरी उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लाओती सयङ् झापा जिल्ला समितिका लिला लाओतीबाट ४ हजार ५ सय रुपैयाँ रकम समेत विरामी सानुसालाई प्रदान गरेकाे छ । उक्त कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका सचिव धनराज सुब्बाको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...