पर्सा : मृतक मुकेश चौरसियाको जाहेरी दर्ता गराउन नेकपाको तश्रो दिन पनि प्रदर्शन

 लिम्बुवान न्युज
                       

पर्सा। मृत्यूको तिनदिन वितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका सचिव मुकेश चौरसियाको सब उठनसकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लन व्यत्तिहरुको जाहेरी दर्ता नगरेको कारण तिन दिन देखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन समेत गरिएको छ ।

विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले आइतवार पनि प्रर्दशन गरेका छन् । सरकार तथा प्रहरीको बिरोधमा चर्को नारावाजी गर्दै जाहेरी दर्तागर्न मागं समेत गरिएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई ओलीले बचाउन खोजेको भन्दै प्रचन्ड र माधव पक्षघर जिल्लाका नेता तथा कार्यकर्ताहरु घटनाका मुख्य योजनाकार पुर्व सांसद राजकुमार गुप्ता सहित सम्लग्न व्यक्तिहरुको जाहेरी दर्ता गर्न मागं गर्दै प्रदर्शन गरेका हुन् । पुर्व सांसद राजकुमार गुप्ताको नाउ हटाए मात्र कर्तव्यज्यान मुद्दा जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गगां पन्थले अडान लिएपछि विवाद बढ्दै गएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङले शनिबारनै मुद्दा दर्तागर्ने सहमति भइसकेपनि प्रहरी उपरिक्षक गंगा पन्थले के कारण आइतवारसम्म मुद्दा दर्ता नगरेको भन्दै आश्चरय व्यक्त गर्नुभयो ।

नेपाल कम्यनिष्ट पार्टिका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, पुर्व सांसद बिचारी यादव, बालगोपाल थापा, गाउँपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...