चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

 लिम्बुवान न्युज
                       

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ ।

आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको दाहाल खोल्सीकाे खाल्डाेमा परि दुर्घटना हुँदा घाँटीको हड्डीमा असर परेर नसाँ च्यापिएर हात खुट्टा समेत चल्न नसकेपछि तुरुन्तै बिराटनगर न्यूरो हस्पिटल पुर्याइएको थियो । तर त्यहाँ भेन्टिलेटर खाली नभएपछि बिर्तामोड ल्याइएको भाइ आइन्द्र लावतीले बताए ।

निर्वाचित वडाध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सदस्य समेत हुन् । स्थानीय चुनावमा चुलाचुली वडा नं. १मा मञ्चले प्यानलेनै चुनाव जितेको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...