पाँचथरको कुम्मायक गाउँपालिका परेवा संरक्षणमा जुट्टदै

 लिम्बुवान न्युज
                       

यासोक। पाँचथरको कुम्मायक गाउँपालिकाकाे यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको बताएकाे छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मतसम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो ।

 

यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ। यासोक बजारमा रहेको परेको गुँड संरक्षण, परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

गठित समितिले दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, विक्री वितरण तथा मास्ने कार्य रोक्ने जिम्मेवारी पाएको छ। परेवा मारे वा घाइते बनाए रु ५०० जरिवाना गर्ने अधिकारसमेत सोही समितिले पाएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका नायव प्राविधिक सहायक जीवन खड्काले बताए।

परेवाको संरक्षण र आहारका लागि दानपेटिका समेत राखिएको छ । उक्त दानपेटिकामा हालसम्म रु ६ हजार २५५ सङ्कलन भएको छ। परेवाको सङ्ख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने विक्री गर्न दिइएको छ। परेवाका बच्चाको प्रतिजोडी मूल्य रु २५० तोकिएको छ।

यासोक बजारको दुईतर्फ कुम्मायक र कुस्सायक धार्मिकस्थल रहेका छन्। यहाँ दर्शनार्थीले उडाउने परेवा संरक्षणका लागि विसं २०२३ मा परेवाको गुँड स्थापना गरिएको थियो। हालसम्म उक्त गुँड र परेवा संरक्षणको काम स्थानीयवासीले गर्दै आएकामा पछिल्लो पटक गाउँपालिकाले उक्त कार्यको जिम्मेवारी लिएको हो ।

संरक्षण अभावमा गुँड जीर्ण बनेको थियो भने परेवा मासिने अवस्थामा पुगेका थिए । यासोकमा रहेको परेवाको गुँड यहाँ पुग्ने पर्यटकहरुको मुख्य आकर्षणमा पर्ने गरेको छ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...