माङसेबुङका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

 लिम्बुवान न्युज
                       

इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे । काेराेना संक्रमण देखिएपछि हाेम आइसाेलेसनमा उपचार गराइरहेका उनकाे गएराति मृत्यु भएकाे हाे । मृतक लामाे समय देखि मृगाैला पिढीत रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।  उनकाे शव जिल्लाबाट नेपाली सेनाको टोली गएर मंगलबार अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट इलाम जिल्लामा मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...