माङसेबुङका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

 लिम्बुवान न्युज
                       

इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे । काेराेना संक्रमण देखिएपछि हाेम आइसाेलेसनमा उपचार गराइरहेका उनकाे गएराति मृत्यु भएकाे हाे । मृतक लामाे समय देखि मृगाैला पिढीत रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।  उनकाे शव जिल्लाबाट नेपाली सेनाको टोली गएर मंगलबार अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट इलाम जिल्लामा मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...