कोरोनाबाट बढी प्रभावित मुलुकमा नेपाल ३४ औँ स्थानमा

 लिम्बुवान खबर
                       

काठमाडौँ । कोरोना भाइरसबाट बढी प्रभावित हुने मुलुकको सूचिमा नेपाल ३४ औं स्थानमा पुगेको छ, याे संगै नेपालमा अब खतराकाे घण्टी बजेकाे छ  । वर्ल्डोमिटरको तथ्या‌ङक अनुसार कोरोना संक्रमित संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ।

काेराेना महामारी सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन झनझन बढ्दै गएकाे छ । विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ भने ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लाे २४ घण्टाबाट कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ।  दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ। यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जना कोरोना संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन्। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...