इलाम नपाले विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

 लिम्बुवान न्युज
                       

  • रासस

इलाम ।  इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा वार्षिक रु पाँच लाख १० हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको भएपनि विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेटअनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचारप्रसार गर्नका लागि वितरक वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदूषणसमेत बढिरहेको छ ।

हाल नगरपालिकाले विभिन्न मदिराजन्य पदार्थका बोर्ड, विभिन्न कम्पनीका उत्पादनसहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडि बढाइने जनाइएको छ । बाँकी रहेका कम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...