संघीय मञ्चको आव्हानमा ४३ जनाले गरे रक्तदान

 लिम्बुवान न्युज
                       

 

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आज काठमाडौं एयर्पोट शम्भुमार्ग गेट नं. ४ मा रक्तदान कार्यक्रम गरेको छ ।

‘‘कोरोना भाइरस महामारी बिरुद्धको लडाईमा सम्पूर्ण नेपालीको एकताका लागि रक्तदान’’ भन्ने नाराका साथ अहिले विश्व नै कोभिड १९ को महामारीसँग लडिरहेको हुँदा रक्तदान नै जीवनदान भएको हुँदा सो कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ ।

रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका थिए । सुविधानगर तिनकुनेमा अवस्थित कान्तिपुर अस्पतालको रक्त सञ्चार शाखाका प्राविधिक टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पु¥याएका थिए ।

उक्त रक्तदान कार्यक्रममा मञ्चका अर्थ सचिव दिपा लिम्बु (गंगा), मञ्चका उपत्यका अध्यक्ष मिक्तोक लिम्बु, त्यसैगरी पाल्देन तामाङ, घनश्याम लिम्बु, विशाल राई, प्रताप लिम्बु, सडक बहादुर लिम्बु, रुपेश लामा, तेम्बा लामा, प्रेम लामा, तामाङ्सालिङ अध्यक्ष मिङमार लामा, प्रितम लिम्बु, सुन्दर लिम्बु, प्रयास बान्तवा राई, सबिना थाम्सुहाङ सरोज आलेमगर, रविन गुरुङ, निमा लामा, बन्दना लिम्बु, मनोज कुमार सुनुवार, दिपक लिम्बु, रन बहादुर रम्तेल, फुङमा लिम्बु, तेन्जी शेर्पा, शान्ता नेम्बाङ, प्रविन लिम्बु, निमा लामा, राजु तामाङ, अनिता गुरुङ, विनोद विष्ट, छिरिङ लामा, सन्तोष विष्ट, दोर्ण सम्बाहाम्फे, साम्योन सुब्बा र एक जना नाम नखुलेका गरी ४३ जनाले रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, अर्थ संयोजक विष्णु यक्सो, अर्थ सचिव दिपा लिम्बु लगायत तामाङसालिङ र शेर्पा मञ्चका नेताहरुको समेत उपस्थिति रहेको मञ्चका केन्द्रीय सदस्य चन्द्र लाभासा लिम्बुले बताए । कार्यक्रममा रगत दान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई मञ्चको तर्फबाट अध्यक्ष लिङ्देनद्वारा प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...