सामाजिक व्यत्तित्व खगेन्द्र जबेगु कोरोनासँग हारे

,   लिम्बुवान न्युज
                       

काठमाठाैं।  पाँचथरकाे लिम्बु कुलमा जन्मिएका सामाजिक, शालीन तथा बौद्धिक व्यक्ति खगेन्द्र जबेगु शनिबार राति कोरोना भाइससंग हार स्विकार गर्दै संसारबाट विदा लिएका छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा उनको निधन भएको हो ।

अस्वस्थ्य भएपछि जबेगुलाइ यहि कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो ।

सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएपनि असहज भएपछि उनलाई नर्भिक अस्पतालमा सारिएको थियो ।

शालीन र बौद्धिकता मात्र नभएर आकर्षक शारीरिक बनावट समेत भएका जबेगु लिम्बु समुदायको पहिलो कलाकार समेत हुन् । उनले ‘जीवन रेखा’ नामक नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पाँचथर पुख्यौली घर भएपनि पछिल्लो समय काठमाडौं घट्टेकुलो निवासी जबेगु विभिन्न सामाजिक संस्थाहरुमा अाबद्द रहेर पहिचानको आन्दोलनमा जोडिएका थिए ।

उनकाे अाइतबार नेपाली सेनामार्फत दाहसंस्कार आजै गरिने छ । कोरोना संक्रमितको मृत्यु भए दाहसंकार सेनाले गर्दै आएको छ ।

जबेगुको निधनप्रति सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;