भूपु गोर्खा सैनिक आन्दोलनका हस्ती धरानका गजेन्द्र इस्वोको निधन

 लिम्बुवान न्युज
                       

धरान– भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हकअधिकार सुनिश्चितता आन्दोलनका प्रमुख अभियन्ता साथै हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका धरानका सामाजिक व्यक्तित्व गजेन्द्र इस्वोको निधन भएको छ ।

उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा आज विहान निधन भएको हो ।

किरात याक्थुम चुम्लुङको केन्द्रीय सल्लाहकार समेत रहेका इस्वोलाई केही दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको परीवारले जनाएको छ । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए भने उनमा मधुमेहको समेत समस्या रहेको थियो ।

भूपू गोर्खा सैनिकहरुको आन्दोलनको क्रममा ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो, ती मध्येमा इस्वो पनि एक हुन । नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा रहेर इस्वोले नेतृत्व दिएका थिए । विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत अग्रसर उनी  धरान विश्णुपादुका माछामारामा निर्माण भैरहेकाे गोर्खा पार्कका परिकल्पनाकार समेत हुन् ।

पछिल्लो समयमा पहिचानकाे राजनीतिमा आएका इस्वोले धरान उपमहानगरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवारी समेत दिएका थिए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...