जसपा प्रदेश २ कमिटीमा पूर्ब राजपाको भागमा नेतृत्व

 लिम्बुवान न्युज
                       

काठमाडाैं। जनता समाजवादी पार्टी(जसपा)को प्रदेश नम्बर २ मा समायोजनको प्रकृया सुरु भएकोछ । केन्द्रिय कार्यदलको आइतवार बसेको बैठकले प्रकृयालाई अगाडी बढाएको बताइएकाे छ ।

पार्टी बिधान अनुसार प्रदेश कमिटी १५१ सदस्यीय हुनेभएकाे हुँदा त्यसमा पूर्व समाजवादी र राजपाबाट आधी आधी संख्या रहने केन्द्रिय सहमति रहेको छ । पूर्व समाजवादीको प्रदेश कमिटी रहेपनि पूर्व राजपाको प्रदेश कमिटी गठन भएको थिएन् । एकिकृत दल जसपाको प्रदेश कमिटीको नेतृत्व सहमतिबाट नहुने संकेत देखिएकोछ ।

अध्यक्षाकाे आकांक्षीमा पूर्व समाजवादीको तर्फबाट  रामसहाय यादव, विजय कुमार यादव र पूर्व राजपाको तर्फबाट मृगेन्द्र सिंह यादव(राजबाबु) र सुनिल कुमार झॉ (रोहित) रहेका छन् । ‘प्रदेश २ मा सहमतिको अधारमा नेतृत्व चयनको संभावना कमजोर देखिएको छ’ -कार्यदलका सदस्य एवं राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह यादवले भने, केन्द्रिय मापदण्ड अनुसार प्रदेश चुनावमा समानुपातिक तर्फको मत बढी भएको दलले अध्यक्ष पाउने छ ।’ बढीमा १७ जना पदाधिकारी रहने व्यवस्था गरिएकोछ ।

प्रदेश सभाको चुनावमा प्रदेश २ मा पूर्व राजपाले समानुपातिक तर्फ समाजवादी भन्दा केहि बढी मत प्राप्त गरेका थिए । यद्यपी प्रत्यक्ष तर्फ समाजवादीको सभासद बढी रहेका छन् । समाजवादी पार्टीको प्रदेश कमिटीमा निर्वाचित र मनोनित समेतगरि कुल ९३ जना सदस्य रहेका छन् । तर समायोजनमा ७५ जना मात्र पर्ने भएकाले १८ जनालाई समाजवादी पार्टीले हटाउनु पर्नेछ । तर पूर्व राजपाले सबै नयाँ सदस्यहरु राख्ने भएकाले त्यस तर्फ असन्तुष्टिको संभावना कम देखिन्छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...