जसपा प्रदेश २ कमिटीमा पूर्ब राजपाको भागमा नेतृत्व

,   लिम्बुवान न्युज
                       

काठमाडाैं। जनता समाजवादी पार्टी(जसपा)को प्रदेश नम्बर २ मा समायोजनको प्रकृया सुरु भएकोछ । केन्द्रिय कार्यदलको आइतवार बसेको बैठकले प्रकृयालाई अगाडी बढाएको बताइएकाे छ ।

पार्टी बिधान अनुसार प्रदेश कमिटी १५१ सदस्यीय हुनेभएकाे हुँदा त्यसमा पूर्व समाजवादी र राजपाबाट आधी आधी संख्या रहने केन्द्रिय सहमति रहेको छ । पूर्व समाजवादीको प्रदेश कमिटी रहेपनि पूर्व राजपाको प्रदेश कमिटी गठन भएको थिएन् । एकिकृत दल जसपाको प्रदेश कमिटीको नेतृत्व सहमतिबाट नहुने संकेत देखिएकोछ ।

अध्यक्षाकाे आकांक्षीमा पूर्व समाजवादीको तर्फबाट  रामसहाय यादव, विजय कुमार यादव र पूर्व राजपाको तर्फबाट मृगेन्द्र सिंह यादव(राजबाबु) र सुनिल कुमार झॉ (रोहित) रहेका छन् । ‘प्रदेश २ मा सहमतिको अधारमा नेतृत्व चयनको संभावना कमजोर देखिएको छ’ -कार्यदलका सदस्य एवं राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह यादवले भने, केन्द्रिय मापदण्ड अनुसार प्रदेश चुनावमा समानुपातिक तर्फको मत बढी भएको दलले अध्यक्ष पाउने छ ।’ बढीमा १७ जना पदाधिकारी रहने व्यवस्था गरिएकोछ ।

प्रदेश सभाको चुनावमा प्रदेश २ मा पूर्व राजपाले समानुपातिक तर्फ समाजवादी भन्दा केहि बढी मत प्राप्त गरेका थिए । यद्यपी प्रत्यक्ष तर्फ समाजवादीको सभासद बढी रहेका छन् । समाजवादी पार्टीको प्रदेश कमिटीमा निर्वाचित र मनोनित समेतगरि कुल ९३ जना सदस्य रहेका छन् । तर समायोजनमा ७५ जना मात्र पर्ने भएकाले १८ जनालाई समाजवादी पार्टीले हटाउनु पर्नेछ । तर पूर्व राजपाले सबै नयाँ सदस्यहरु राख्ने भएकाले त्यस तर्फ असन्तुष्टिको संभावना कम देखिन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;