दमकमा कोरोना संक्रमित युवती मृत फेला, उपचाररत अर्का एकको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक/ कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफैं सुत्ने कोठामा मृत भेटिएकी छिन ।
दमक ५ की २२ वर्षिया दीक्षा लिम्बु मृत फेला परेकी हुन । उनले गएराति झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी ति युवती घरको कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले पनि ति युवतीमा कोरोना देखिएको पुष्टि गरे । प्रहरीले उनको शव अहिले घेरा हालेर राखेको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने डिएसपी पण्डीतले बताए ।  त्यस्तै दमकका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...