मृतक पोलहाङमालाइ कुरुम्बेली समाजको आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

दमक। पाँचथरको साविक कुरुम्बामा स्थायी बसोबास भई बसाई सराईको क्रममा झापाको दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको सामाजिक संस्थाको रुपमा स्थापित कुरुम्बेली सामाज सेवा संघले विगत २र४ बर्ष देखि दमकमा सक्रिय सामाजिक कार्य गर्दै आइरहेको छ ।

यसैक्रममा बिहिबार कुरुम्बा २ मा जन्मभई इभाङ्मा विवाह भई गएकी कुरुम्बेली चेली पोलहाङ्मा लाओतीको असामयिक निधन भएपश्चात संस्थाले सदस्यहरुबाट संकलित रकम ३६ हजार २ सय पच्चान्नबे रुपैयाँ आज अन्त्येष्टी गरिएको कमल शावित्रा चौक समाधीस्थलमा मृतकका श्रीमान् राम कुमार योङ्हाङ् र छोराहरुलाई संस्थाका अध्यक्ष ऐमानसिङ लाओतीले प्रदान गरेका छन् ।

लाओतीलाई विहिबार दमक १ हवल्दार चौंक नजिकै आफ्नै व्यावसायिक घुम्तीमा मृत अवस्थामा भेटिएपछि दमक अस्पतालमा पोष्टमार्टम गरि शुक्रकार अन्तेष्टी गरिएको हो । मृतक लामो समयदेखि जण्डिज रोगबाट ग्रसित भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...