भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथी लिएर स्वदेश फर्किए

 लिम्बुवान न्युज
                       

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर अाज स्वदेश फर्किएका छन् । अाफ्नी श्रीमती सहित काठमाडौं आएका नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्किएका हुन् ।

भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमणको पहिलो दिन बुधबार नरवणेले धार्मिक क्षेत्रको भ्रमण गरेका थिए । वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गएका उनी पशुपतिनाथको मन्दिरमा समेत पुगे । शुक्रबार बिहान उनले विश्वकै अग्लाे सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...