दमककी एक महिलासहित झापामा चारको मृत्य, काेराेना संक्रमित २५ सय नाघ्यो

 लिम्बुवान न्युज
                       

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नपाकाे स्वास्थ्य शाखाले जनाए अनुसार मृत्यु हुने ति महिलाको पुरानो स्थायी ठेगाना दमक ८ भएपनि पछिल्लो समय उनी मोरङमा बस्दै आएकी थिइन ।

नोवेल अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको र उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापालाई उदृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । त्यसैगरी आज विर्तामोड ४ मा कोरोना संक्रमित ४० बर्षिय एक महिला र ८५ बर्षिय एक पुरुषको पनि मृत्यु भएको छ । गएराती शिवसताक्षी ६ की २४ बर्षिया एक युवतीसहित झापाका कोरोना संक्रमित चार जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यससंगै जिल्लामा संक्रमित मृतकको संख्या ६१ पुगेको छ ।

झापामा संक्रमित २५ सय नाघे
यसैबीच पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या २ हजार ५ सय नाघेको छ । आज जिल्लामा थपिएका ७५ जनासहित जिल्लाभर कूल संक्रमितको संख्या २ हजार ५ सय ९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा आज शनिबार मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिभिन्न ल्याबमा गरिएको पीसीआर परिक्षणमा ६ महिला सहित २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

दमकमा २७, गौरादहमा १ जना, बिर्तामोड १४ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्तीमा २ जना, अर्जुनधारा र बाह्रदशीमा १/१ जना, कन्काईमा ५ जना, भद्रपुरमा १३ जना, मेचीमा ३ जना र कमल गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;