विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियाेगिता इक्सादिङ चरणमा

 लिम्बुवान न्युज
                       

माङसेबुङ । भाषा लिपि साहित्य कला संस्कार र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणमा प्रवेश गरेको छ ।

शुक्रबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ तुङगुङदिङ चरण पार गर्दै इक्सादिङ चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत तुङगुङदिङ चरणमा सहभागी ५६ जना प्रतियोगीहरु मध्येबाट इक्सादिङ चरणमा प्रवेश हुने २० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका हुन् ।

याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको आयोजनामा जनम लिङ्दम हाङ्साको संयोजकत्वमा सञ्चालन भइरहेको याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।

यस प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी रहेका छन् ।

प्रतियोगिताका विजेताले नगद पुरस्कार ३० हजार सहित प्रमाणपत्र, उपविजेता हुनेले नगद पुरस्कार २० हजार सहित प्रमाणपत्र, तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र सान्तवना हुनेले नगद पुरस्कार ५ हजार सहित प्रमाणपत्र हात पार्नेछन् ।

इक्सादिङ चरणमा प्रवेश गरेका प्रतियोगीहरु

१, सीता पिरती (ताप्लेजुङ)
२, मन कुमार तुम्रोक (पान्थर)
३, एस.बि गोधुली (ईलाम)
४, मचिन्द्र लोवा सेमि (पान्थर)
५, कुमार बि.क (तेह्रथुम)
६, लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ)
७, लक्ष्मी नेम्वाङ (पान्थर)
८, सन्चिता नेम्वाङ (सुनसरी)
९, राज जिन्दगी (पान्थर)
१०, अबि चेम्जोङ (दमक झापा )
११, हेम सेमेक्वा ( पान्थर)
१२, श्याम तुफान (पान्थर)
१३, लोकेन्द्र देवान ‘अशिम’ (धनकुटा)
१४, के. बि किराँती (ताप्लेजुङ)
१५, सुमन याङ्देम्बा नेम्वाङ (पान्थर)
१६, तुलसा केदेम (ताप्लेजुङ)
१७, लक्ष्मी माङ चेम्जोङ (पान्थर)
१८, जबेगु राज ‘सानु’ (मोरङ)
१९, शुक्र आङ्देम्बे (मोरङ)
२०, कोसि सललल (पान्थर) हाल, दक्षिण कोरिया

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;