समाजवादी नेता दिपेन बाला पितृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक। समाजवादी पार्टी झापाका अध्यक्ष, पत्रकार महासंघ झापाका पूर्व सचिव साथै दमक राष्ट्रिय बहुमुखी सहकारी संस्थाका संचालक समिति सदस्य एवं युवा नेता दीपेनवाला राईलाई पितृशोक परेको छ । ९९ बर्षको उमेरमा राईका पिता धनवल राईको शनिबार साँझ कमल ६ स्थित नीजि निवासमा नै निधन भएको हो ।

करिब एक शताब्दी उमेरका युग पुरुष तात्कालिन जहानीय राणा शासनको विरुद्धमा लडेका धनबल २००७ सालको क्रान्तिका मुक्ति आन्दोलनका एक योद्धा भएको जानकारहरू बताउँछन् ।

पाँचथरको रानीटारमा जन्मिएका  भारतीय सेनामा भर्ती हुने सपना बोकेर घरबाट निस्किएका उनी अन्ततः राणा शासनको विरुद्ध शसस्त्र आन्दोलनका मुक्ति सेना बनेका थिए । वि.सं. २०१७ सालमा राजा महेन्द्रले कु गरेर पञ्चायती व्यवस्था शुरु गरेपछि १८ सालतिर भारतको दार्जिलिङ् प्रवासिएका स्वर्गिय धनबल राई पुनः नेपालमा बहुदीय क्रान्ति शुरु भएपछि सपरिवार सहित ४१ साल तिर झापाकाे लखनपुर ३ हाल कलम ६ मा आएर स्थायी रुपमा बस्दै अाए थिए ।

लामो समय नेपाली राजनीति क्रान्ति प्रति जानकार राईले नेपालमा अझै क्रान्ति सफल नभएको बताउँदै आएका थिए । शासनहरु परिवर्तन भए तर अनुहार परिवर्तन नभएकोमा चिन्तित शताब्दी पुरुषको अन्त्यले झापाबासीहरुले पहिचान पक्षका एक योद्धा गुमाएको महसुस गरेका छन् ।

मृतक राईको आज दिउँसो आदिवासी रंगशाला पूर्व सावित्रा चौक उत्तरको समाधिस्थलमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...