तेह्रथुम चुम्लुङ्द्वारा अन्तरक्रिया तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चाेङबाङ

तेह्रथुम/ टिएमजे संरक्षण परीयोजनाको प्रभाव र समाधिस्थल संरक्षण सम्बन्धि अन्तरकृया तथा छात्रवृत्ति बितरण कार्यक्रम म्याङलुङमा सम्पन्न भएको छ ।

टुडिखेल स्थित म्याङलुङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा टिएमजे संरक्षण परियोजनाको प्रभाव र भाबि योजनाबारे किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सचिव तेजमान कन्दङवा र उपाध्यक्ष टंकमाया लिम्बुले समाधिस्थल संरक्षण सम्बन्धि कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । साथै सोहि अवसरमा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले विभिन्न शिर्षकका पुरस्कारहरु पनि वितरण गरेको छ ।

डम्बर फममाया तेयुङ, चोङबाङ स्मृति साहित्य पुरस्कार २०७६ को लिम्बु भाषाका कविता लिम्बुवान माम्माको लेखक राजकुमार तेयुङ तरेबालाई ३० हजार साथमा प्रमाणपत्रले पुरस्कृत गरीएको छ ।

छात्रछात्राबृति तर्फ कुबेर पुण्यवति स्मृति छात्राबृति पुरस्कार २०७६ मा सिँहदेवि आधारभुत विद्यालय फेदाप १ का कक्षा ९ मा अध्ययनरत छात्रा सेमिमा लिम्बु र भगवती मावि छथर ५ का छात्र मुक्साम लिम्बुलाई ३१ हजार १ सय ११ रुपैँयाका दरले र प्रमाणपत्र प्रदान गरिएके छ । किरात याक्थुङ चुम्लुङ सहयोग कोष २०६२ अक्ष्यकोषद्वारा कृष्ण मावि आठराई १ का छात्रा, छात्र कक्षा ९ मा अध्यान्रत निरोज लिम्बु र कक्षा १० का छात्रा साहारा कन्दङवालाई ५/५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै किरात याक्थुङ चुम्लुङ इजरायलबाट बितरित छात्राबृति कोषबाट विनिता कन्दङवा र रेनुका आपागाईलाई १०/१० हजारका दरले वितरण गरीएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सचिव तेजमान कन्दङबाले जानकारी दिनुभयो । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सहसचिव सेसेहाङ चोङबाङले सञ्चालन गर्नुभएको कार्यक्रम किरात याक्थुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष गणेश सेनेहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...