प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा

,   लिम्बुवान न्युज
                       

दमक। १६औं राष्ट्रिय बिभुति किरात धर्मावलम्बीहरुका गुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा हुने भएको छ ।

प्रदेश अन्तरर्गतका सबै सरकारी तथा शैक्षिक संघसंस्था सहितका कार्यालयहरू बन्द हुने जनाइएकाे छ ।

यस्तै दमक नगरपालिकाले भोली सार्वजानिक विदा भएकाे छ । दमकले जनप्रतिनिधी निर्वाचित भएसँगै नगरपालिकाले किरातीहरूका पथप्रदर्शक एवम् मुक्तिदाता फाल्गुनन्दकाे जन्म जयन्तीका अबसरमा सार्वजनिक विदा दिदै आएको छ । दमकले नगरसभाबाटै फाल्गुनन्द जयन्तीका अबसरमा सार्वजनिक विदा दिने घोषणा गरेको थियो ।

यस्तै भोली प्रदेशभरीका सबै सरकारी, निजी कार्यालय बन्द हुने प्रदेशको राजपत्रमा समेत उल्लेख छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;