फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देश, किरातीहरूले आज १३६औं जन्मजयन्ती मनाउदै

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द जन्म जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

देश तथा प्रवासमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

राष्ट्रपतिले किरात जातीहरुमा धर्म, परम्परा, संस्कार संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिएका महागुरुको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।

समाजमा भएका कुरिती कुसंस्कारको विरुद्ध चेतना फैलाउने फाल्गुनन्दलाई समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिन सकिने राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

 

वि. सं. १९४२ साल कातिक २५ गते आजभन्दा १३६ बर्ष अघि इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ति काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि गरेको अतुलनिय योगदानको कदर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएपश्चातको सरकारले २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा आज १ नंं प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज सम्पूर्ण किरात धर्मावलम्बीहरुले महागुरुको १३६औं जन्मजयन्ती देश विदेशमा भव्य रुपमा माउँदै छन् ।

यो बर्ष कोरोना कहरको कारण सामाजिक दुरी कायम गरेर मात्र मनाउन किरात धर्मावलम्बीहरुलाई किरात धर्म साहित्य उत्थान सघका अध्यक्ष डेकन्द्र सिंह थेगिमले बताएका छन् । उनले साँझ घरघरमा दियो बालेर महागुरुको जन्मजयन्ती मनाउन समेत अनुरोध गरेका छन् । त्यसैगरी किरात सत्यहाङमा सेवा संघका महासचिव गंगा साउँदेनले पनि विश्वमा छरिएर रहेका किरात धर्मावलम्बीहरुलाई परिस्थितिलाई मध्यनजर गरेर मात्र कार्यक्रमहरु गर्न आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...