बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

 लिम्बुवान न्युज
                       

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । यो सँगै मुख्यमन्त्री नितिश कुमारलाई पुनः एकपटक मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

यस विधानसभामा एनडीएलाई टक्कर दिएको लालुका छोरा तेजश्वी यादव नेतृत्वको महागठबन्धनले ११० सिट जितेको छ ।

महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो दल बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ । सन् २०१५ मा राजदले ८० र भाजपाले ५३ सिट जितेको थियो ।
यसपटकको चुनावमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु)को प्रदर्शन धेरै उत्साहित हुने खालको रहेन । सन् २०१५ मा ७१ सिट जितेको जदयुले यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ ।

यसैगरी सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले भने यो पटक १९ सिटमा चित्त बुझाएको छ ।

सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले भने राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ ।

जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गरेर बिहारका जनताप्रति आभार व्यक्त गर्दै एकपटक फेरि लोकतन्त्रको जित भएको उनले उल्लेख गरेका छन् ।

बिहारको नयाँ रोडम्यापको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘यो नयाँ दशक बिहारको हुने छ र आत्मनिर्भर बिहार त्यसको रोडम्याप हुनेछ ।’ प्रधानमन्त्री मोदीले– ‘आज बिहारले फेरि दुनियाँलाई लोकतन्त्रको पाठ पढाएको छ । लोकतन्त्र कसरी मजबुत बनाउने भनेर देखाएको विहारमा त्यहाँका गरिब, बन्चित र महिलाहरुले पनि ऐतिहासिक मतदान गरे र विकासका लागि आफ्नो निर्णायक फैसला पनि सुनाएको लेखेका छन्’ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...