क्यान्सर पीडित इन्द्रकुमारीलाई ८ लाख ३१ हजार रुपैयाँ हस्तान्तरण

 लिम्बुवान न्युज
                       

काठमाडौं । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ ।

बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको स‌ंयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन, इस्टमित्र, साथीभाइहरुबाट सामाजिक सञ्‍जालको माध्यमबाट संकलन गरिएको उक्त रकम स्वयम्‌ बिरामी इन्द्रकुमारी नेम्वाङ्गको निजी निवास काठमाडौंमा गई मंगलबार हस्तान्तरण गरिएको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं १ स्याथी घर भएकी इन्द्रकुमारी नेम्वाङ्गको श्रीमान् प्रेमराज आङदेम्बे आजभन्दा ७ वर्षअगाडि वैदेशिक रोजगारका लागि साउदी अरब गएको ६ महिना नबित्दै सुतेको सुत्यै भएर मृत्यु भयो । उनकी ११ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । घरासयी आर्थिक अवस्था पनि अति कमजोर भएको आफ्ना नाबालक सन्तान हुर्काउने क्रममा इन्द्रकुमारी विगत २ वर्षअघिदेखि ब्लड क्यान्सरबाट पीडित भई उपचाररकै क्रममा अहिलेको बोन्म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने र त्यसको लागि १५ लाख लाग्ने अस्पतालले जनाएपछी आर्थिक सहयोग संकलन अभियान चलाइएको हो ।

हस्तान्तरण कार्यक्रममा Dio Media का सञ्‍चारकर्मी दिपक राईले फेसबुकमार्फत् फेसबुक लाइभ प्रसार गरेर सार्वजनिक गरेका थिए कार्यक्रममा मातृका नेम्वाङ, नरेश वनेमको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी राईले सम्पूर्ण सहयोगदाताहरुको नाम पढेर सुनाएका थिए भने अभियन्ता भूपेन्द्र वनेम, पुनम वनेम,सहयोगीद्वय मातृका नेम्वाङ र नरेश वनेमले सबै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङले पनि सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...