फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकलाको उपाधी प्रतापलाइ

 लिम्बुवान न्युज
                       

माङसेबुङ ।  १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा सम्पन्न अनलाइन वक्तृत्वकला प्रतियोगिताको उपाधी माङसेबुङका प्रताप ताप्मादेनले जितेको छ ।

मंगलबार सम्पन्न ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा अनलाइन बक्तृत्वकला प्रतियोगिताको अन्तिम परिणाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समय युवा पुस्ता र सबै पक्षमा टाढा बनाइरहेको अवस्थामा न्यू मिडियाले संसारलाई नजिक बनाइरहेको र यस्कोे प्रयोगकर्ताको संख्या त्यतिकै बढिरहेको अवस्थामा बिशेष गरि युवा बर्गलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा माङसेबुङकै सामरिता सेर्मा दोस्रो तथा अनिल चेम्जोङ सान्तावना भएका छन् ।

माङसेबुङ–३, भञ्ज्याङमा अवस्थित महागुरु फाल्गुनन्द शालिकमा सम्पन्नराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा सहभागीमध्येबाट विजेता, उपबिजेत तथा सान्तावना हुने प्रतियोगीहरुलाई क्रमशः ३ हजार ३५, २ हजार ३५ र १ हजार ३५ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उनका अनुसार विजेताको घोषना भने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ ३ मा अवस्थित महागुरुको शालिकमा आयोजित कार्यक्रमबाट गरिने सोहिदिन पुरस्कार वितरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;