१३ वटा स्याटेलाइट एउटै रकेटमा हालेर चीनले गर्यो प्रक्षेपण

 लिम्बुवान न्युज
                       

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो ।

शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी स्याटेलोजिकले निर्माण गरेको हो ।

ती १० वटा स्याटेलाइटको हरेकको तौल ४१ केजी छ भने पृथ्वीको कक्षमा आगामी ३ वर्षसम्म काम गर्ने छन् ।

त्यस्तै उक्त रकेटमा चिनियाँ प्रविधि कम्पनीहरुले निर्माण गरेका अरु ३ वटा स्याटेलाइट पनि पठाइएको छ जसबाट रिमोट सेन्सिङका साथै सूचना प्रविधिका विविध वैज्ञानिक परीक्षणको उद्देश्य राखिएको छ ।

त्यसमा एउटा सिक्स–जी परीक्षण स्याटेलाइट रहेको छ । त्यसको तौल ७० केजी छ । उक्त स्याटेलाइटमा टेट्राहर्ज स्याटेलाइट कम्युनिकेसन प्रणाली जडान गरिएको छ । सिक्स–जी परीक्षण स्याटेलाइटको प्रक्षेपणसँगै टेट्राहर्ज अन्तरीक्ष सञ्चार प्रविधिको अन्वेषणमा ऐतिहासिक कदम अघि बढेको चिनियाँ इन्जिनियरहरुको भनाइ छ ।

उक्त स्याटेलाइटका डाटालाई स्मार्ट सिटीको निर्माण, विपदको रोकथाम तथा न्यूनीकरण, भू–योजना तथा वातावरण संरक्षण लगायतका कार्यमा उपयोग गरिने बताइएको छ ।

–एजेन्सी

सम्बन्धित समाचार

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...

देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको...