माङसेबुङकी सरिताले जितिन सदाबहार राष्ट्रिय टिकटकको उपाधी
आइतबार, ३० कार्तिक, २०७७ बिहानको ०३:४९ बजे,
लिम्बुवान न्युज
माङसेबुङ । इलामको माङसेबुङकी सरिता राईले सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिताको उपाधी जितेकी छिन् ।
गत भाद्र १३ गतेदेखि संचालन भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगीतामा सहभागी भएका ४ सय प्रतियोगिलाई पछि पार्दै सरिाताले उपाधि जितेकी हुन् ।
उपाधि जिते संगै सरिाताले नगद पुरस्कार १ लाख ५० हजार हात पारिन भने ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत प्राप्त गरेकी छन् ।
प्रतियोगितामा क्रमश दोश्रो र तेश्रो भने मोरङकी निरुपा भण्डारी, सुन्सरीका सागर लामिछाने भएका थिए ।
उपविजेता निरुपाले भने नगद पुरस्कार १ लाख र ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत हात पारेकी छन् ।
यसैगरि तेस्रो हुने सागरले नगद पुरस्कार ५० हजार र ५ लाख बराबरको जिवन बिमासंगै प्रमाण पत्र समेत प्राप्त गरेका छन् ।
प्रतियोगिताको बिजेताहरुलाई शुक्रबार सदाबहार मिडियाले एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला यादवको हस्तबाहुलीबाट पुरस्कृत गरेको छ ।
कार्यक्रममा वेलका नगपालिकाकी उपप्रमुख राजकुमारी चौधरी, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसस्थाका प्रतिनिधी लागायतको सहभागीता रहेको थियो ।
सदाबहार मिडियाको फेसबुक पेजमा राखिएको टिकटक भ्युजको आधारमा टप १ सय हुदै २० जना छनोट गरिएको थियो ।
यसैगरि टप १५ देखि भने दर्शकको भोटिङको आधारमा टप १०, टप ५ र टप ३ फाइनलिष्ट छनोट गरिएको थियो । टप ३ फाइनलिष्टबाट दर्शकै भोटिङको आधारमा विजेताको छनोट गरिएको थियो ।
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...
दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...