हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ९ वर्षीय बालक सहित ७ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

एजेन्सी। हङकङ जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्षका छन् ।
३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् ।

सो आगलागीमा परेका अधिकांश वागलुङ जिल्लाका छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको बताइएकाे छ ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मद्दत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

भवनमा पर्याप्त सुरक्षा पूर्वाधार नभएकाे 

घट्नापछि त्यस वरपरका स्थानीयले प्रहरीलाई वताएअनुसार यस क्षेत्रमा भाडामा लगाइएका धेरै भवनमा अग्नि नियन्त्रक उपकरण छैनन्  ।

फ्ल्याट्हरुमा पर्याप्त भाग्ने द्धार र ठाउँहरु छैनन् । यसले गर्दा पनि बढी क्षति भएको सरकारी अधिकारीहले बताएका छन् । समाचार संस्था एपीकाअनुसार त्यहाँ जम्मा भएकाहरु भान्साको पछाडि ट्रयापमा परेका थिए ।

हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् ।

साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।

घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । हङकङका सांसद भिनसेन्ट चिन विङ-सनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस क्षेत्रका धेरै पुराना भवनहरुमा अग्नी नियन्त्रक उपकरण छैनन्, धेरै भवनहरुमा एउटा मात्र वाहिरिने द्धार छन् जसले केही भएमा भाग्नलाई कठिन छ ।’

यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

(फाेटाे अनलाइनखबरबाट)

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...