चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले विरोध गरेका छन् ।

सङ्घीय लोकतान्त्तिक गणतन्त्र नेपाल २०६२/०६३ को जनआन्दोलनका महान उपलब्धि मानिएको र आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दशवर्षे माओवादी जनयुद्धलगायत सात दशक लामो लोकतान्त्रिक आन्दोलनको एकीकृत अभिव्यक्ति रहेकोमा २०७२ सालमा संविधान जारी गर्दा अन्तरिम सरकारले आदिवासी जनजाति र मधेसी जनताको प्रतिनिधि संस्थाहरूसँग गरेको सहमति सम्झौताको पालना नभएको पूर्व प्रमुखहरूको आरोप छ ।

मुलुकमा शासन गरिरहेको झण्डै दुई तिहाईको सरकारले संविधानको प्रगतिशील कार्यान्वय गर्ने र अपूर्ण संविधानलाई परिमार्जन र संशोधनमार्फत पूर्णता दिनेतर्फ अगािड बढेको र देशको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल नराख्ने भन्ने मन्त्रिपरिषदले गरेको निर्णय, पहिचानरहित प्रदेशहरूको नामाकरण, प्रदेश सरकारलाई संविधानतः प्राप्त अधिकारहरूमाथिको हस्तक्षेपप्रति पनि ध्यानाकर्षण भएको छ ।

विरोधपत्रमा कोविड–१९ द्वारा प्रताडित जनताको स्वास्थ्यप्रतिको वेवास्ता, जातभाईलाई मात्र दिइने कुटनीतिक तथा राजनीतिक नियुक्ति, राज्यकोषको दुरुपयोग गरी हिन्दू धर्म र हिन्दू चाडपर्वलाई मात्र प्रोत्साहित गर्ने प्रवृतिलाई जोडदार विरोध गरेको छ ।

हस्ताक्षर गर्नेहरूमा नेपाली आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगर, पूर्व महासचिव परशुराम तामाङ, बालकृष्ण मावुहाङ, डा. ओम गुरुङ, पूर्वअध्यक्षहरू पासाङ शेर्पा, राजकुमार लेखी र नगेन्द्र कुमाल छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...