चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले विरोध गरेका छन् ।

सङ्घीय लोकतान्त्तिक गणतन्त्र नेपाल २०६२/०६३ को जनआन्दोलनका महान उपलब्धि मानिएको र आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दशवर्षे माओवादी जनयुद्धलगायत सात दशक लामो लोकतान्त्रिक आन्दोलनको एकीकृत अभिव्यक्ति रहेकोमा २०७२ सालमा संविधान जारी गर्दा अन्तरिम सरकारले आदिवासी जनजाति र मधेसी जनताको प्रतिनिधि संस्थाहरूसँग गरेको सहमति सम्झौताको पालना नभएको पूर्व प्रमुखहरूको आरोप छ ।

मुलुकमा शासन गरिरहेको झण्डै दुई तिहाईको सरकारले संविधानको प्रगतिशील कार्यान्वय गर्ने र अपूर्ण संविधानलाई परिमार्जन र संशोधनमार्फत पूर्णता दिनेतर्फ अगािड बढेको र देशको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल नराख्ने भन्ने मन्त्रिपरिषदले गरेको निर्णय, पहिचानरहित प्रदेशहरूको नामाकरण, प्रदेश सरकारलाई संविधानतः प्राप्त अधिकारहरूमाथिको हस्तक्षेपप्रति पनि ध्यानाकर्षण भएको छ ।

विरोधपत्रमा कोविड–१९ द्वारा प्रताडित जनताको स्वास्थ्यप्रतिको वेवास्ता, जातभाईलाई मात्र दिइने कुटनीतिक तथा राजनीतिक नियुक्ति, राज्यकोषको दुरुपयोग गरी हिन्दू धर्म र हिन्दू चाडपर्वलाई मात्र प्रोत्साहित गर्ने प्रवृतिलाई जोडदार विरोध गरेको छ ।

हस्ताक्षर गर्नेहरूमा नेपाली आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगर, पूर्व महासचिव परशुराम तामाङ, बालकृष्ण मावुहाङ, डा. ओम गुरुङ, पूर्वअध्यक्षहरू पासाङ शेर्पा, राजकुमार लेखी र नगेन्द्र कुमाल छन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;