मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा विद्युत् चुहावट भइ आगलागी हुदाँ तीन लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आइतबार बिहान स्थानिय धनराज लिम्बूको घरमा आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीय नारायण लावतीले बताए ।
आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको लावतीले जनाएका छन् ।