झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने

 लिम्बुवान न्युज
                       

झापा । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने भएका छन् । ​

बाह्रदशी र झापा गाउँपालिका कार्यालय मङ्सिर ३ गतेदेखि बन्द हुने सम्बद्ध स्थानीय पालिकाले सूचना प्रकाशन गरी जानकारी दिएका छन् । दुवै स्थानीय तहले छुट्टाछुट्टै निर्णय गर्दै गाउँपालिका बन्द गर्ने सूचना जारी गरेको छ।

बाह्रदशी गाउँपालिकाका एक ओभरसियरलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका छन्।

कोरोना भाइरसको महामारी असमान्य बनेपछि बाह्रदशीले मङ्सिर ६ गतेसम्म गाउँपालिका अन्तरगत सबै कार्यालय बन्द राख्ने निर्णय गरेको छ। अब, छठ पर्व सकिएर मङ्सिर ७ गतेदेखि मात्र गाउँपालिका कार्यालय नियमित रुपमा सञ्चालन हुने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए ।

त्यस्तै झापा गाउँपालिकाका १२ जना कर्मचारीहरू संक्रमित छन्। गाउँपालिका एकै पटक यतिका कर्मचारी संक्रमित भएपछि मङ्सिर ९ गतेसम्म कार्यालय बन्द राख्ने निर्णय गरेको छ।

संक्रमित सबै कर्मचारी हाल होम आइसोलेसनमा बसेकाले मङ्सिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए। सो गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...