झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने

 लिम्बुवान न्युज
                       

झापा । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने भएका छन् । ​

बाह्रदशी र झापा गाउँपालिका कार्यालय मङ्सिर ३ गतेदेखि बन्द हुने सम्बद्ध स्थानीय पालिकाले सूचना प्रकाशन गरी जानकारी दिएका छन् । दुवै स्थानीय तहले छुट्टाछुट्टै निर्णय गर्दै गाउँपालिका बन्द गर्ने सूचना जारी गरेको छ।

बाह्रदशी गाउँपालिकाका एक ओभरसियरलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका छन्।

कोरोना भाइरसको महामारी असमान्य बनेपछि बाह्रदशीले मङ्सिर ६ गतेसम्म गाउँपालिका अन्तरगत सबै कार्यालय बन्द राख्ने निर्णय गरेको छ। अब, छठ पर्व सकिएर मङ्सिर ७ गतेदेखि मात्र गाउँपालिका कार्यालय नियमित रुपमा सञ्चालन हुने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए ।

त्यस्तै झापा गाउँपालिकाका १२ जना कर्मचारीहरू संक्रमित छन्। गाउँपालिका एकै पटक यतिका कर्मचारी संक्रमित भएपछि मङ्सिर ९ गतेसम्म कार्यालय बन्द राख्ने निर्णय गरेको छ।

संक्रमित सबै कर्मचारी हाल होम आइसोलेसनमा बसेकाले मङ्सिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए। सो गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...