क्रियाशील सदस्य विवरण मंसिरभित्र केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

,   लिम्बुवान न्युज
                       

काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्य नयाँ र नवीकरणको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ।

१४औं महाधिवेशन नजिकिए संगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन सबै जिल्ला समितिहरूलाइ पत्राचार गरेको हो।

नेपाली कांग्रेसले १४औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। तर कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित बनेकाे छ।

महाधिवेशनलाइ ध्यानमा राखी कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि जिल्ला लगायत अन्य सबै तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ।

कांग्रेसमा हाल ५ लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुनेगरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको जनाएको छ।

गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ। उनले विवरण पठाउँदा क्रियाशीलको शुल्क समेत पठाउनुपर्नेछ यदि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्यता अाएकाे पाइएमा त्यो नामावली स्वीकृत नहुने बताए ।

फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्र अनुसार क्रियाशील सदस्य उपलब्ध गराउन कांग्रेसले भनेको छ। तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतासमेत ढुक्क रहेका छन्।

यद्यपी समय अभाव हुने देखिएमा वा काेराेना नियन्त्रणभन्दा बाहिर गएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि बहस भइरहेको कांग्रेसले जनाएकाे छ ।

यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ।कांग्रेसले विधानअनुसार सभापति देउवाकाे एक वर्ष कार्यकाल थपेकाे थियाे साे समयावधि अागामी फागुन १९ मा सकिँदैछ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;