क्रियाशील सदस्य विवरण मंसिरभित्र केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्य नयाँ र नवीकरणको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ।

१४औं महाधिवेशन नजिकिए संगै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन सबै जिल्ला समितिहरूलाइ पत्राचार गरेको हो।

नेपाली कांग्रेसले १४औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। तर कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित बनेकाे छ।

महाधिवेशनलाइ ध्यानमा राखी कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि जिल्ला लगायत अन्य सबै तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ।

कांग्रेसमा हाल ५ लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुनेगरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको जनाएको छ।

गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ। उनले विवरण पठाउँदा क्रियाशीलको शुल्क समेत पठाउनुपर्नेछ यदि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्यता अाएकाे पाइएमा त्यो नामावली स्वीकृत नहुने बताए ।

फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्र अनुसार क्रियाशील सदस्य उपलब्ध गराउन कांग्रेसले भनेको छ। तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतासमेत ढुक्क रहेका छन्।

यद्यपी समय अभाव हुने देखिएमा वा काेराेना नियन्त्रणभन्दा बाहिर गएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि बहस भइरहेको कांग्रेसले जनाएकाे छ ।

यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ।कांग्रेसले विधानअनुसार सभापति देउवाकाे एक वर्ष कार्यकाल थपेकाे थियाे साे समयावधि अागामी फागुन १९ मा सकिँदैछ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...