कमलमा झुण्डिएर एक पुरुषले गरे आत्माहत्या

 लिम्बुवान खबर
                       

तस्वीरः बहिनीकाे फेसबुकबाट

दमक। झापाको कमलमा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । आइतबार बिहान दुई बजे तिर कमल ४ को डाँफे टोल निवासी बर्ष ४६ का पर्वत भनेर चिनिने पूर्ण बहादुर गुरुङ्ले देहत्याग गरेका हुन् ।

मृतकले घरबाट करिब २५ फिट पश्चिम आँपको रुखमा झुण्डिएर देहत्याग गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अविवाहत रहेका मृतकले बढिमात्रमा मादक पदार्थ सेवन गर्ने गरेको तर पारिवारिक झैझगडा नगर्ने सामाजिक खलल नपु¥याउने भएको बहिनी सवनम गुरुङ्ले बताएकि छन् ।

पोष्टमार्टमको लागि अहिले दमक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालयका सई वासुदेव चौधरीले बताएका छन् । मृतकको आजै पोष्टमार्टम पछि बाैद्ध धार्मिक परम्परा अनुसार  कन्काई नदीमा अन्तेष्टी गरिने बहिनी सवनम गुरुङ्ले बताइन् ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...