माङसेबुङ सहकारीको १५औ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       


दमक । इलामको माङसेबुङमा रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएकाे छ ।
साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा पुनः राजेन्द्र बिक्रम खजुम निर्वाचित भएका छन् ।

शनिबार माङसेबुङ गाउँपालिका वडा न. ३ का अध्यक्ष मैतराज राईको प्रमुख अतिथिमा सरस्वती उच्च मा.वि.को प्रांगणमा सम्पन्न माङसेबुङ सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा दुधबहादुर लाओती, सचिवमा राजहाङ लाओती, सह–सचिवमा मनोज शिवाकोटी र कोषाध्यक्षमा राजकुमार माबोहाङ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा किसन खजुम, मखमाया आङदेम्बे, महेशकुमार सेर्मा, निशा चेम्जोङ, चन्द्र इङनाम निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा भने धनसिं सम्बाहाम्फे र सदस्यमा देउकुमार इधिङ्गो निर्वाचित भएका छन् ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...