विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर

,   लिम्बुवान न्युज
                       

काठमाडाैं। राम्राे काम गरेपछि तारिफ हुन्छ नै त्यसैले हाेला विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर पर्न सफल भएकी छन् । बेलायतकाे ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले तयार गरेको यस वर्षको १०० जना प्रभावशाली महिलाको सूचिमा म्याग्दीकी सपना परेकी हुन् ।

बीबीसीले मंगलबार यस वर्षको सूचि सार्वजनिक गरेको हो । जसमा नेपालमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी १८ वर्षीया सपनाको नाम पनि उल्लेख गरेकाे छ ।

सपनाले हालसम्म काठमाडौंको पशुपतिनाथ आर्यघाटमा तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।
उनले यो काम समाजसेवी विनयजंग बस्नेतसँग मिलेर गरिरहेकी हुन् ।

बीबीसीको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्रीदेखि कोभिड–१९ विरुद्धको भ्याक्सिन निर्माणको नेतृत्व गरिरहेकी सारा गिल्बर्टसम्मका व्यक्तिहरु छन् । उनले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना समेत खुवाउँदै आएकी छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;