नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको हो ।

महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले पहिलाे चरणकाे आन्दोलन कात्तिक २६ गते सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिए थियाे। पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले हुँदा पुनः चरणबद्ध दाेस्राे चरणकाे आन्दोलन गर्ने चेतावनी दिएको हाे ।

यस्तै महासंघका सचिव तथा श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र पनि माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीपत्र सम्बद्द संचार गृहमा पठाइएकाे बताए ।

महासंघले प्रेस सम्बद्ध संगठनहरुसंग छलफल गर्दै दोस्रो चरणकाे आन्दोलन गर्दा सम्वद्ध सञ्चार गृहका सञ्चालकहरुको घर घेराउदेखि सञ्चारगृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न सुझाव प्राप्त भएकाे हुँदा सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;