नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको हो ।

महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले पहिलाे चरणकाे आन्दोलन कात्तिक २६ गते सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिए थियाे। पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले हुँदा पुनः चरणबद्ध दाेस्राे चरणकाे आन्दोलन गर्ने चेतावनी दिएको हाे ।

यस्तै महासंघका सचिव तथा श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र पनि माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीपत्र सम्बद्द संचार गृहमा पठाइएकाे बताए ।

महासंघले प्रेस सम्बद्ध संगठनहरुसंग छलफल गर्दै दोस्रो चरणकाे आन्दोलन गर्दा सम्वद्ध सञ्चार गृहका सञ्चालकहरुको घर घेराउदेखि सञ्चारगृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न सुझाव प्राप्त भएकाे हुँदा सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...