शुक्रबार, १२ मंसिर, २०७७ बिहानको ०४:२९ बजे,
लिम्बुवान न्युज
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीका कारण नेपाली टिमले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको हो ।
नेपाली टिमले त्रिविको क्रिकेट मैदानमा अभ्यास सुरु गरेको छ । प्रशिक्षणमा सहभागी हुनु पूर्व सबै खेलाडीहरुको मंगलबार कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
बुधबार आएको नतिजाअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण भएको देखिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब संकलन गरेर कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरू गर्न लागेको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणमा क्यानले २२ खेलाडीलाई बोलाएको थियो । तर अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने छैनन् ।
कप्तान मल्ल सहित तीन जना खेलाडीलाई कोरोना पुष्टि भएपछि क्यानले अनिल साह, कुशल भुर्तेल, रित गौतम, कुशल भुर्तेल र लोकेश बमलाई पनि बन्द प्रशिक्षणका लागि बोलाएको छ । कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएपनि हुन लागेको क्यानले जनाएको हो ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलाडीहरु ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई बोलाइएका छन् । प्रशिक्षकमा रुपमा जगत टमाटा रहेका छन् ।
नेपालले सन् २०२१ मा हुने विश्वकप लिग क्रिकेट दुईअन्तर्गत पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ ।
दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...
दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...
ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...
दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...