‘यसो हेरे पूर्व तिर’ गीतको म्यूजिक भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। पूर्वकै युवा पुस्ताका व्यस्त निर्देशक किरण चाम्लिङ् राईको निर्देशन रहेको “यसो हेरे पूर्व तिर” गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एकपछि अर्को गर्दै नेपाली गीतहरुको भिडियो ल्याउने क्रममा आज पूर्वेली भाकाको आधुनिक लोक गीतको भिडियो सार्जनिक गरेका छन् । एकपछि अर्को चर्चा बटुल्दै गएका निर्देशक राईको निर्देशन क्षमता निखारिदै गएको छ ।

केन्द्र मोसन पिक्चर्स मार्फत सार्वजनिक गरिएको गीतलाई गायक पदम राईले गाउनु भएको छ । त्यसैगरी उक्त गीतमा चर्चित कलाकारहरु दयाहाङ् राई र एलिसा राईलाई फिचरिङ्ग गरिएको छ । पूर्वी पहाडको हरियाली डाँडाकाँडाहरुमा छाँयाङकन गरिएको उक्त गीतले पूर्वको प्राकृतिक सुन्दरतालाई टपक्कै टिपेको छ भने राई र लिम्बु जातीहरुको मौलिक पहिचान बोकेको शब्द संयोजन गरिएको छ । गीतमा द्वय चर्चित कलाकारहरु दयाहाङ र एलिसाको अत्यन्तै राम्रो अभिनय हेर्न सकिन्छ ।

उक्त गीतको शब्द संगीत शशी गुरुङ् बाङ्देलको रहेको छ भने क्यामारामा ज्ञानेन्द्र शाही त्यसैगरी गीतको सम्पादन भने अनिल रानाको रहेको छ । चर्चित कोरिग्राफर दिनेश माङमूले कलाकारहरुलाई छमछमी नचाएका उक्त गीतको व्यवस्थापन प्रवद्र्धन भने सोनाम लामा र प्रयास बान्तवा राईको रहेछ भने मेकअपमा माही सिंह र मिडिया पर्सनका रुपमा राजु दंगाल रहेका छन् । उक्त गीतलाई ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

(भिडियाे तल हेर्नेहाेला)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...