शरणार्थीलाई कोरोना उपचार निःशुल्क गर्न सरकारको निर्देशन

 लिम्बुवान न्युज
                       

दमक। सरकारले दमक र पथरीशनिश्चरेमा बस्ने भुटानी शरणार्थी लगायत देशभरी बस्दै आएका शरणार्थीहरूलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोरोनाको पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका हुन् ।

सरकारले कोभिड–१९ को लक्क्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटान सहित बिभिन्न देशबाट शरणार्थीका रूपमा आएर बसेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;