“संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एक हौ”–कुमार लिङ्देन (मिराक)

 लिम्बुवान न्युज
                       

दमक। संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिवेला धरापमा परेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले चिन्ता व्यक्त गरेका छन् ।

आदिवासी अग्रजहरुले ०३६ साल, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा बहुदल र गणतन्त्रको पक्षमा स्पष्ट अडान लिन नसक्दा देश ५० बर्ष पछि परेको आज सामाजिक संजाल फेसबुकमा आफ्नो विचार राख्दै प्रधानमन्त्री हाक्ने माइण्डले गाउँको एउटा वार्ड विस्तार गर्दै हिड्नु पर्ने विवस्ता रहेको बताएका छन् ।

आदिवासीहरुको राजनैतिक लाइन नै विकसित गर्न नसक्दा राजा जस्तै दौरा सुरुवालमा सजिएर आफूलाई दोस्रो राजाको उपनाम पाउँदै मक्ख परेर आज झिंगा धपाउँदै हिड्न बाध्य भएका छौं ।

अध्यक्ष मिराकले अबको लाइन गणतन्त्र तर्फ उन्मुख भईसकेको हुँदा पुनः कथित राजतन्त्र तर्फ नजान आम आदिवासीहरुलाई आग्रह गरेका छन् । उनले पिता पुर्खाले गरेका हिजोको गल्तीलाई विश्लेषण गरि थप मजबुत बनाउँन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सबैमा आव्हान गरेका छन् ।

उनले त्यसैगरी आजै अर्को अभिव्यक्ति दिनु हुँदै नेकपा विवादले पूर्व प्रधानमन्त्रीलाई हेगमा लाने हल्लाको बचाउँ गर्दै प्रचण्ड फेरि पनि १०+१ प्रान्तको पक्षमा उभिए आफ्नो दलले सहयोग गर्ने बताएका छन् । उनले लेखेका छन् हामी उनको पक्षमा गृहयुद्धसम्म लड्न निसंकोच रुपमा सडकमा आउने छौं । यद्यपी अध्यक्ष मिराकले आफू कहिल्यै कम्यूनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...