“संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एक हौ”–कुमार लिङ्देन (मिराक)

 लिम्बुवान न्युज
                       

दमक। संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिवेला धरापमा परेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले चिन्ता व्यक्त गरेका छन् ।

आदिवासी अग्रजहरुले ०३६ साल, ०४६ साल र ०६२/०६३ को जनआन्दोलनमा बहुदल र गणतन्त्रको पक्षमा स्पष्ट अडान लिन नसक्दा देश ५० बर्ष पछि परेको आज सामाजिक संजाल फेसबुकमा आफ्नो विचार राख्दै प्रधानमन्त्री हाक्ने माइण्डले गाउँको एउटा वार्ड विस्तार गर्दै हिड्नु पर्ने विवस्ता रहेको बताएका छन् ।

आदिवासीहरुको राजनैतिक लाइन नै विकसित गर्न नसक्दा राजा जस्तै दौरा सुरुवालमा सजिएर आफूलाई दोस्रो राजाको उपनाम पाउँदै मक्ख परेर आज झिंगा धपाउँदै हिड्न बाध्य भएका छौं ।

अध्यक्ष मिराकले अबको लाइन गणतन्त्र तर्फ उन्मुख भईसकेको हुँदा पुनः कथित राजतन्त्र तर्फ नजान आम आदिवासीहरुलाई आग्रह गरेका छन् । उनले पिता पुर्खाले गरेका हिजोको गल्तीलाई विश्लेषण गरि थप मजबुत बनाउँन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सबैमा आव्हान गरेका छन् ।

उनले त्यसैगरी आजै अर्को अभिव्यक्ति दिनु हुँदै नेकपा विवादले पूर्व प्रधानमन्त्रीलाई हेगमा लाने हल्लाको बचाउँ गर्दै प्रचण्ड फेरि पनि १०+१ प्रान्तको पक्षमा उभिए आफ्नो दलले सहयोग गर्ने बताएका छन् । उनले लेखेका छन् हामी उनको पक्षमा गृहयुद्धसम्म लड्न निसंकोच रुपमा सडकमा आउने छौं । यद्यपी अध्यक्ष मिराकले आफू कहिल्यै कम्यूनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...