काठमाडौंको गोकर्णेश्वर ३ मा दलित शिल्पी मञ्च गठन

 लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय दलित शिल्प मञ्चको गोकर्णेश्वर ३ मा वडा मञ्च गठन भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गतको दलित मञ्चद्वारा आज  भेटघाट, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम समेत आयोजना गरेकाे हाे ।

संघीय दलित शिल्पी मन्चका महासचिव शर्मिला बागचन्दको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको संघीय शेर्पा मञ्चका ग्याल्जेन शेर्पाले गरेका थिए ।

दलित शिल्पी जाती माथि राज्यले गरेको विभेदको विरुद्ध यस मञ्चमा एकताबद्ध भई राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाउने उपयुक्त संगठन र समय यहि भएको हुँदा तमाम दलितजातीहरु यो मञ्चमा आउन कार्यक्रमका प्रमुख अतिथि बागचन्दले अनुरोध गरेकि छन् । कार्यक्रममा शेर्पा मञ्चका दाबा सेर्पा, निमा ग्याल्जेन त्यसैगरी दलित शिल्पी मञ्चका हिरा परियर, रमेश दर्जी र ज्ञान बहदुर नेपालीले आ–अफ्नो भनाइ राखेका थिए । कार्यक्रममा निमा सेर्पाको स्वागत मन्तव्य रहेको थियो ।

विभिन्न पार्टी परित्याग गरी संघीय दलित शिल्पी मञ्चमा अबद्ध भएको उक्त कार्यक्रममा शिल्पी मन्चका राजेन्द्र मोते, लिम्बुवान मन्चका सुर्य लिम्बू, सुजन सेर्पा, रनधोज लिम्बू, लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

संघीय सामुदायिक समाजवाद, संघीय सह–अस्तित्ववाद र संघीय इको इकोनोमीलाई स्विकार्दै आफ्नो समुदायको आवाज आफै बुलन्द गर्न प्रतिबद्धताका साथ गोकर्णेश्वर वडा नं. ३ मा ज्ञान बहादुर नेपालीको अध्यक्षतामा संघीय दलित शिल्पी मञ्च गठन भएको छ ।

त्यस्तै समितिको बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर दर्जी, उपाध्यक्ष प्रज्वल नेपाली, सचिव हिरा परियार, सह–सचिव सुनिता दर्जी, कोषाध्यक्षमा सन्जिता परियार त्यसैगरी सदस्यहरुमा झम्कमाया दर्जी, राम बहादुर दर्जी, राजेन्द्र मोहते, मंगल बि.क., सीता दर्जी, जीत बहादुर बि.क., टिका बहादुर परियार, बच्चु परियार, रामकुमारी बि.क., श्रीजना भुसाल र रामबहादुर मोहते रहेका छन् भने सल्लाहकारमा सौगात परियार चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि संघीय दलित शिल्पी मञ्चका महासचिव बागचन्दले मञ्चको विधान अनुसार सफतग्रहण गराएकी थिइन् ।

तस्वीरः शर्मीला बागचन्दकाे फेसबुकबाट

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...