राजेश पायलले ल्याए जुकबक्समा १० घण्टा निरन्तर सुन्न सकिने गिती संगालाे

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली सांगीतिक आकाशमा संम्भवत एकक्षत्र राज गरिरहेका ‘राई इज किङ’का रुपमा चर्चित नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई गीतमात्र होइन, कामसमेत फरक गर्न रुचाउने गायक हुन् । गायनमा चर्चा र व्यस्तताका बाबजुद पनि समाजसेवा तथा विभिन्न कृयाकलापहरूमा सधै सक्रिय पात्र हुन् ।

उनले यसपटक केही फरकरुपमा चर्चामा आउने काम गरेका छन् । राइले आफ्नो अफिसियल यु–ट्युब च्यानल ‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रालि’मा आफ्ना गीतहरुको संगालो जुकबक्समा ल्याएका हुन् । १० घण्टा १८ मिनेट लामो उक्त जुकबक्स सम्भवतः संसारकै लामो जुकबक्स भएको उनको दावी छ ।

गायक राइले ‘बेस्ट अफ राजेशपायल राई’ शीर्षकमा अपलोड गरिएको जुकबक्सको क्याप्सनमै ‘मस्ट लार्जेस्ट सङ्स कलेक्शन इन द वल्ड’ लेखेका छन् ।

उनका अधिकांश गीतहरू यस जुकबक्समा अँटाएका छन् । म्युजिक नेपालमा निहित गीतबाहेक हालसम्मका अधिकांश गीतहरू एउटै जुकबक्सबाट नन् स्टप सुन्न सकिने उनले बताए ।

लामो समययता नेपाली सांगीतिक क्षेत्रमा एकछत्रजस्तो राज गर्दै आएका राजेशपायलले हालसम्म कति गीतमा स्वर दिए भन्ने उनैलाई समेत थाहा नभएकाे बताउँदै यस जुकबक्सकाे माध्यमबाट अलि सहज हुने बताउँछन् ।

हरेक शैली र भाषामा गीत गाउँदै आएका राजेशपायल यतिखेर भने ‘दर्शन नमस्ते–५’ ल्याउने तयारीमा जुटेकाे बताए । उनले हालसम्म हजारौँ गीत गाइसके छन् भने उनका दर्जनौँ एल्बम प्रकाशित छन् ।

https://www.youtube.com/watch?v=LgLyH1pA2Go&feature=emb_logo

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...