चतुरे-इभाङ-गजुरमुखी सडक कालोपत्रेको काम तिब्र

 लिम्बुवान न्युज
                       

माङसेबुङ। ईलामकाे माङसेबुङ गाउँपालिकामा पर्ने दमक चिसाेपानी रबि (फाल्गुनन्द मार्ग) सडकसँग जाेडिएकाे  चतुरे-ईभाङ-गजुरमुखी  सडक कालोपत्रेको काम तीब्र पारिएकाे छ ।

करिब साढे १३ किमी लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका कामहरू भइ करिब ७० प्रतिशत काम पूरा भएको सो सडकका ईन्जीनियर नारायण बस्नेतले जानकारि दिएका छन् ।

उक्त सडक निर्माणले त्यस क्षेत्रका बासिन्दा हर्षित र उत्साहित भएका छन् । स्थानीय स्तरमा होटल, खाजाघर, किराना पसल साथै अन्य व्यापार व्यवसाय गर्नेको संख्या दिनानुदिन बढ्दै गएकाे छ स्थानीय प्रेमबहादुर कार्की बताउँछन् ।

३ वर्ष अघि गजुरमुखिदेखि चतुरेसम्म सडक छेउमन १/२ वटा मात्र पसलहरु संञ्चालनमा रहेकोमा अहिले करिब २०/२२ वटा जति पसलहरु संञ्चालनमा आउन थालेको स्थानीय व्यापारी प्रेमबहादुर कार्की बताउँछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत ३१ करोड रुपैयाँको लागतमा साे सडक निर्माण भइरहेकाे छ ।

दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) सँग जोडिएकाे उक्त सडक निर्माण कम्पनीले ५ वर्षको अवधिमा सक्नेगरी सम्झाैता भएकाे छ भने थप १ बर्ष निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि दिइएको छ । बाँकी २ वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्ने समय कम्पनीलाई दिइएको हाे ।

सडक निर्माणमा नेपाल सरकारको २० प्रतिशत र एडिबिकाे ऋण ८० प्रतिशत खर्च हुने जनाइएकाे छ । २०७५ २५ मङ्सिरमा आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबीच सम्झौता भएको थियो । जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुने छ ।

जिल्लामै पहिलोपटक ग्रामीण भेगमा कालोपत्रे सुरु भएपछि त्यहाँका बासिन्दा उत्साहित भएका छन् । सो सडक कालोपत्रे भएपछि माङसेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने बताइएकाे छ । प्रसिद्ध धार्मिक पर्यटकीय स्थलहरू गजुरमुखीधाम र माङसेबुङ आवतजावतमा समेत सहज हुने माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगाे बताउँछन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...