जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

 लिम्बुवान न्युज
                       

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ ।

प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए । इटहरीस्थित जसपा प्रदेश १ समितिको कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चाम्लिङले सत्तासिन नेकपाकै नेतृत्वमा जनयुद्ध, मधेस विद्रोह, आदिवासी जनजाति आन्दोलन, खस आन्दोलनका उपलव्धिलाई समाप्त पार्ने षड्यन्त्र भैरहेको भन्दै कडा प्रतिवादमा उत्रने दिन आइसकेको बताए । प्रदेश नम्बर १ को नाम पार्टीले “किरात-लिम्बुवान-मधेस-शेर्पालुङ प्रदेश” राख्नुपर्ने माग अघि सारेको उनले स्पष्ट पारे ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले पहिचान र सङ्घीयता पक्षधरहरुको बृहत् ध्रुवीकरणको उपज नै जनता समाजवादी पार्टीको निर्माण भएको जिकिर गरे । मनोनित सदस्यहरुको तर्फबाट राम मान्डुपा राईले बोलेका थिए ।  प्रदेश समितिको तर्फबाट उपाध्यक्ष दिपक याक्खाले मनोनित सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै पार्टीको गाईघाट बैठकले दिएको कार्यादेश अनुसार मनोनयन कार्य पूरा गरिएको बताए । सहभागीलाई अर्का उपाध्यक्ष उमेश थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु नवराज गुरुङ, सुनसरी जिल्ला अध्यक्ष भगिरत खत्वे, भोग्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहता, वडा नं ३ का वडा अध्यक्ष सुकदेव यादव लगायत प्रदेश समितिका सदस्य लगायत उपस्थित थिए ।

गत असोज २३-२४ गतेको प्रदेश कार्यकारिणी समिति बैठकले मनोनित गरेका ५ जना प्रदेश निकाय प्रमुख, १७ जना प्रदेश सदस्यलाई सपथ गराइएको जसपा प्रदेश १ मुख्य सचिव प्रभुराम श्रेष्ठले जानकारी दिए ।

आज प्रदेश विज्ञ परिषद प्रमुख विष्णु लावती, लेखा परीक्षण आयोग प्रमुख हरि न्यौपाने, प्रदेश सदस्यहरु केशरमान गुरुङ, राम मान्डुपा राई, सुशील राई, कृष्ण लिम्बू, नन्द याम्फू, मनोज यदव, जहरमान लिम्बू, प्रज्वल भण्डारी, सीताराम राईले सपथ लिएका थिए । सपथ लिन छुटेका निकाय प्रमुख र सदस्यहरुलाई आगामी बैठकमा सपथ गराइने पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...