ब्रबिम र सिताको आवाजमा ‘आत्तिन साम्माङील सुसाङबाइ’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका सिता सिंघक लिम्बूको कर्णप्रिय आवाजमा सजिएको पे्रमिल रोमान्टिक गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

कलाकारिता क्षेत्रमा लामो समय देखि निरन्तर योगदान दिई रहेका लिम्बु बहुप्रतिभाशाली कलाकार तथा निर्देशक फुःलेन्देको बाउ (मौसम इम्बुङ)को शव्दभावहरुमा ब्रबिम सेर्माको संगीत रहेको गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा निर्देशनमा नुनाम केरुङको प्रडक्सन, सोम मगरातीको मेकअप साथै देवराज सिग्देलको सहायक छायाँकन रहेको भिडियोमा समीर जबेगु लिम्बु र सनाया सेर्मा लिम्बूले अभिनय गरेका छन् ।

पान्थर लब्रेकुटी, चोकमागु आसपासमा छायाँकन गरिएको टेकेन्द्र यक्सोको संगीत संयोजन तथा अनिल रानाको सम्पादन रहेको भिडियोलाई थैली इन्टरटेन्टमेन्टले प्रसतुत गरेका हुन् ।

(भिडियाे हेर्नुहाेस्) 

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...