विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता ‘‘साम्केलो केलो केवाफुङ’’ चरणमा प्रवेश

 लिम्बुवान खबर
                       

झापा। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत असार २५ गतेबाट सुरू भएको हो ।

प्रतियोगिताका निर्णायक रैथाने संगीतका खोजकर्ता तथा गायीका झुमा लिम्बुले सेवारो टि.भि.को फेसबुक पेज मार्फत सोमबार लाइभ हुँदै दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रवेश हुने १५ जना प्रतियोगीहरुको नाम सार्वजनिक गरेकी छन् ।

दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा)बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रतियोगी ३ का युक्पारुङ केदेम, १२ की गरिमाया लिम्बु,  ७३ की शिवकुमारी माख्यिम तुम्सा, ८१का मुक्ति इधिङ्गो, १०६का देश थलङ, १४१ का काजीमान माबो, १४२ का शान्तिराम खरेल, १६६ की ललिता केदेम लाबुङ्ग, १८२ का थानाहाङ तिगेला, १८६ का अम्बर जङ्ग केदेम, १२२ की लक्ष्मीकुमारी आङ्देम्बे, ८ का इन्द्र बहादुर योङ्हाङ,  २३६ का उदिहाङ तुम्खेवा, ४४ की भिमा सावदेन र प्रतियोगी नम्बर २ की निलिमा साम्पाङ प्रवेश भएका छन् ।

“साम्केलो केलो केवाफुङ” चरणमा प्रवेश गर्ने प्रतियोगीले अब इक्सा खाम्बेक पोक्मा मुन्धुम, फुङ्वा चाङ्मा मुन्धुम र यङ्घङ वहङ पोक्मा मुन्धुम मध्ये एक मुन्धुममा रहेर हाक्पारे गाउनुपर्ने भनी निर्णायक लिम्बुले लाइभ मार्फत बताएकी छन् ।

यस विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कार्यक्रमले कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएको संयोजकत्व इक्साहाङ् चेम्जोङले बताएका छन् । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा २४० जना प्रतियोगी सामेल भएका थिए । २४० प्रतियोगीबाट दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) मा ४० जना छानिएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ५५ हजार, उप(विजेता हुनेले ३० हजार तथा तृतीयले २० हजार रुपैयाँ हात पार्नेछन् । कार्यक्रम सम्पन्न गर्न करिब २ लाख रूपैयाँ अनुमानित खर्च लाग्ने संयाेजक चेम्जाेङले बताए ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...